२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेबिलोन स्कुललाई काठमाण्डौ महानगरबाट सरसफाई सामग्री



अ+ अ-

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले शुरु गरेको नि:शुल्क सार्वजनिक शौचालयको अभियानमा हातेमालो गरेर विद्यालय परिसरमा नि:शुल्क सार्वजनिक शौचालय स्थापना गर्ने काठमाण्डौ महानगरपालिका वडा नं ३१ शान्तिनगरको बेबिलोन नेशनल स्कुल पहिलो स्कुल बन्न सफल भएको छ ।

महानगरपालिकासंग सहकार्य गर्दै हाल महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३६ वटा नि:शुल्क सार्वजनिक शौचालयमध्ये बेबिलोन स्कुल पहिलो शैक्षिक संस्था भएको उल्लेख गर्दै शैक्षिक विकास तथा सामाजिक उत्तरदायीत्व निर्वाह गरेको भन्दै काठमाण्डौ महानगरपालिकाले बेबिलोन स्कुललाई धन्यवाद समेत दिएको छ ।

साथै विद्यालय परिसरमा सञ्चालित नि:शुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने विभिन्न ३६ प्रकारका सामग्रीसहितको बाकस काठमाण्डौ महानगरपालिकाका अधिकृत भिमसेन केसीले बेबिलोन स्कुलकी अभिभावक संयोजक कमला केसीलाई हस्तान्तरण गरेका छन् ।

नि:शुल्क सार्वजनिक शौचालयको सरसफाईको लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमा बाल्टी, कुचो, खरेटो, ट्वाइलेट पेपर, डस्टबिन,जाम खोल्ने पम्प,प्राथमिक उपचार बाकस, हात धुने साबुन, झोल साबुन, डेटोल, फिनेल लगायतका सामग्री छन ।

काठमाण्डौ महानरगपालिकाको सहकार्यमा बेबिलोन स्कुलले सो नि:शुल्क सार्वजनिक शौचालय गत माघ महिनादेखि सञ्चालन गर्दै आएको छ भने दैनिक एकसयभन्दा बढी वटुवाले सो शौचालय नि:शुल्क प्रयोग गर्दै आएका छन् ।

विद्यालयका कर्मचारीले शौचालयको रेखदेख र सरसफाई नियमित रुपमा गर्दै आएका छन् ।