• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

सुन तस्करी प्रकरण: भन्सार एजेन्ट रुक्मिना ‘जिम्मा जमानी’मा रिहा



काठमाडौं । करिब एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेकी रुक्मिना सुब्बा रिहा भएकी छन् । भन्सार एजेन्ट समेत रहेकी रुक्मिना ‘जिम्मा जमानी’मा रिहा भएकी हुन् ।

उनी क्यान्सर पीडित भएकोले बोलाएको बेलामा उपस्थित गराउने शर्तमा रिहा गरिएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । घाँटीको क्यान्सर पिडित रुक्मिनालाई किमो थेरापी गर्नुपर्ने देखिएपछि रिहा गरिएको उनले बताए ।

त्रिभुवन विमानस्थलबाट भन्सार जाँच पास भएर गेट बाहिरबाट बरामद गरिएको करिब सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा विभागले चिनियाँ र भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको छ।