२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिमालको प्रश्न: सुन तस्करीमा शंकाको सुई गृहमन्त्री तिर पनि तेर्सिएको छ जवाफ खै ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिब बिष्णु रिमालले सुन तस्करी काण्डमा शंकाको सुई गृहमन्त्री तिर पनि तेर्सिएको भन्दै जबाफ माग गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ गृहमन्त्री गृहप्रशासनको प्रमुख हुनुहुन्छ। के बहालवाला कार्यकारी बिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छरु जवाफ त चाहियो नि?

उहाँले लेख्नुभएको छ-

सुन तस्करी काण्डमा उच्चस्तरीय समिति बनाएर छानबीन गर्न आबस्यक नभएको भन्ने सरकारी “निष्कर्ष”को अर्थ हो ? यस काण्डमा एयरपोर्टमा क्रियाशील गृह र अर्थ प्रशासन बेखबर रहनु, हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगत रहेको राजस्व अनुसन्धान बिभागले तस्करीको पहिचान गर्नु, अनुसन्धान कछुवा गतिमा रहनु ‘ यसले के संकेत गर्छ ?

यस काण्डमा सत्ताधारी दलका मन्त्री र माथिल्लो तहका नेताहरूका नाम चर्चामा छ । सुन तस्करी काण्डमा शंकाको सुई गृहमंत्रीतिर पनि तेर्सिएको छ । उहाँ गृहप्रशासनको प्रमुख हुनुहुन्छ। के बहालवाला कार्यकारी बिरूद्ध छानबीन गर्ने स्वायत्तताको हाम्रो प्रहरी प्रशासनले उपभोग गरिरहेको छ? जवाफ त चाहियो नि?