• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

आज सुन–चाँदीको मूल्य यथावत रहि बिहीबारकै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन बिहीबारकै मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज, चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहीबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।