१२ बैशाख २०८२, शुक्रबार
,
Latest
अब १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण अध्यक्ष केसीको प्रश्नः आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरुले जनतालाई कसरी सम्झाउनुहुन्छ? भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु वार्ताका लागि भनेर गएका शिक्षकहरू मन्त्रालय प्रवेश नगरी फर्किए चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु बारपाकवासी भन्छन्– भूकम्पपछि गाउँको मौलिक चिनारी बचाउन सकिएन गोरखाको विकास र गार्खालीको सुखदुःखमा समर्पित हुनेछु: अध्यक्ष दाहाल सरकारले बेवास्ता गरेर शिक्षकहरुको आन्दोलन तुहाउन खोज्योः प्रकाश ज्वाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ ।

बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पर्सिबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वभर श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक श्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ ।’

साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।