२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादकाबीच ‘ओएमजी–२’ को ट्रेलर रिलिज (भिडियोसहित)



अ+ अ-

एजेन्सी । विवादका बीच ‘ओएमजी–२’ को ट्रेलर सार्वजनिक भएको छ । पंकज त्रिपाठी शिवभक्त बनेर ट्रेलर सुरु हुन्छ । ट्रेलरमा उनका छोराले आत्महत्या गरेको देखाइएको छ ।

उसलाई स्कुलमा जान लाज लाग्छ, बच्चाले यो लाज सहन सक्दैन र रेल ट्र्याकमा उभिन्छ । पंकज त्रिपाठीको चरित्रले आफ्नो बच्चालाई न्याय पाउन अदालतको ढोका ढकढक्याउँछन् । फिल्ममा पंकज त्रिपाठीको भूमिकाको नाम कान्ति शरण मुद्गल रहेको छ ।

पंकज त्रिपाठीको चरित्रले भगवान शिवको ढोकामा छोरालाई न्याय पाउने कुरा गर्छन् । यसैबीच अक्षय कुमारको इन्ट्री हुन्छ । ट्रेलरबाट बुझिएअनुसार अक्षय यस पटक शिवको अवतारमा देखिएका छन् । उनको पहिरन भगवान शंकरको जस्तो देखाइएको छ ।

तर, पूरै ट्रेलरमा कतै पनि उनलाई शिवको अवतार भनिएको छैन । उनको भूमिका भगवान शिवको अवतारबाट मात्र प्रभावित भएको देखिन्छ । उनको चरित्रलाई लिएर सेन्सर बोर्डले आपत्ति जनाएको थियो ।

फिल्ममा यामी गौतमको पनि महत्वपूर्ण भूमिका छ । ट्रेलरमा उनी वकिलको भूमिकामा देखिएकी छन् । ट्रेलर हेरेर फिल्ममा यामीको नेगेटिभ शेड रहेको अनुमान गर्न सकिन्छ । उनी पंकज त्रिपाठीविरुद्ध मुद्दा लडेकी छिन् ।

चलचित्र अगस्ट ११ मा रिलिज हुने तय भएपनि सेन्सर बोर्डले चलचित्रमा धेरै परिवर्तन गर्न सुझाव दिएको छ । सेन्सर बोर्डले युए सर्टिफिकेट दिएर ट्रेलरलाई हरियो संकेत दिएको थियो तर फिल्मको बारेमा अन्योल छ । जसका कारण फिल्मको रिलिज स्थगित हुनसक्ने बताइएको छ ।

यो फिल्म २०१२ मा रिलिज परेश रावल र अक्षय कुमार स्टारर ओएमजी (ओ माई गड) को सिक्वेल हो । उक्त फिल्ममा अक्षयले श्रीकृष्णको भूमिका निभाएका थिए ।