२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रीय समिति बैठक सुरू



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको जारी बैठक दोस्रो दिन पनि सुरू भएको छ ।

प्रज्ञा भवन कमलादीमा बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएका छन् । प्रत्येक सदस्यलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ ।

बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले जानकारी दिनुभयो ।