• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

क्रिकेट संघको अध्यक्षमा लड्ने पारस खड्काको संकेत



फाईल फोटो

काठमाडौँ । अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएको दुई वर्ष पूरा भएसँगै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने संकेत गरेका छन् ।

दुई दशकसम्म लामो अन्तर्राष्ट्रिय खेललाई बिट मार्दै उनले २०७८ साउन १९ मा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका थिए । उनले सन्यास लिएको दुई वर्ष बिहीबार पूरा भयो ।

यससँगै पूर्व कप्तान खड्कालाई क्रिकेट संघको पदाधिकारीमा चुनाव लड्ने बाटो खुलेको छ । क्रिकेट संघको विधानमा कार्यसमितिको पदाधिकारी वा सदस्य निर्वाचित हुन राष्ट्रिय टोलीमा सहभागी नभएको दुई वर्ष हुनुपर्ने व्यवस्था छ ।

यसैलाई मध्येनजर गर्दै खड्काले नेपाल क्रिकेटलाइ अझै थप उचाइमा पुर्याउनेमा आफू केन्द्रीत रहेको बताउँदै सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको जोश, जागर र उर्जालाइ एकीकृत रुपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्याउने ध्येय बनाएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

उनले भनेका छन् –

खेलाडीको रुपमा क्रिकेटबाट मैले सन्यास लिएको दुइ बर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाल क्रिकेटलाइ अझै थप उचाइमा पुर्याउनेमा केन्द्रित छ । सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको जोश , जागर र उर्जालाइ एकीकृत रुपमा संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्याउने ध्येय बनाएको छु।
तसर्थ: हजुरहरु सबैको सहयोग, हुटहुटि र समर्थनको अपेक्षा राख्दछु । नमस्ते !