४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

सभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !

सभामुखसँग मन्त्री साटेर राजनीतिक बेइमानी !
अ+ अ-

विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सभामुखबाट राजीनामा दिएर आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको छ । नेपालको संसदीय इतिहास र प्रदेश सरकारको इतिहासमा सभामुख त्यागेर मन्त्री पद रोजेको यो पहिलो घटना हो । संसदीय अभ्यासमा यो घटनालाई गम्भीर रूपमा लिइएको छ ।

नेपालको नयाँ मर्यादाक्रमअनुसार आठौैं स्थानमा प्रदेशसभाका सभामुख रहेका छन् । जसको मर्यादाक्रम संघीय सरकारमा राज्यमन्त्री, प्रतिनिधिसभाका मुख्य सचेतक, विभिन्न संसदीय समितिका सभापति, संवैधानिक निकायका प्रमुख, महान्यायाधीवक्ता लगायतसँग बराबरी रहेको छ । यता, प्रदेश सरकारका मन्त्रीको मर्यादाक्रम भने एक स्थान तल नवांै स्थानमा रहेको छ । तर, सत्ता स्वार्थका लागि सभामुख त्याग गरेका गौतमले पदीय मर्यादाक्रमलाई समेत ख्याल नगरी एक स्थान तलको मन्त्री पद स्वीकार्नुभएको छ । गौतममाथि यसअघि सर्वोच्चको फैसलापछि नै नैतिकताका आधारमा सभामुखबाट राजीनामा दिनुपर्ने दबाब थियो । तर, अदालतले आफूलाई सच्याएको भन्दै पदमा नै बसिरहनुभएका गौतमले सरकार बनाउनका लागि भने मन्त्रीसँग सभामुख पद साटफेर गर्नुभएको छ ।

गत मंसिरमा सम्पन्न प्रदेश सभा निर्वाचनपछि तत्कालीन प्रदेश १ को प्रदेशसभा सभामुखमा माओवादी केन्द्रबाट बाबुराम गौतमको एकल उम्मेदवारी परेका कारण निर्विरोध चयन हुनुभएको थियो ।

ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर २ बाट प्रत्यक्ष निर्वाचित ५० वर्षीय गौतम माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ । युद्धकालमा उहाँले पार्टीको मजदुर क्षेत्रमा काम गर्नुभएको थियो । प्रमाणपत्र तहसम्मको अध्ययन गरेर आएका गौतम सभामुखपछि अहिले आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएको हो ।

तीन मन्त्री नियुक्त

कोशी प्रदेशमा २६ दिनमा दोस्रोपटक मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बुधवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको छ ।

बन्नुभएको छ । मंगलबार प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त भएका थापाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री, नेकपा (एकीकृत समाजवादी)का कमल जबेगु भौतिक पूर्वाधार विकासमन्त्री र कांग्रेसका प्रदिपकुमार सुनुवार खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्रीमा नियुक्त हुनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका तीनै जना मन्त्रीहरूले पनि बुधवार नै प्रदेश प्रमुखसामु पद तथा गोपनीयताको शपथ लिएका थिए ।

सरकार निर्माणका लागि सभामुख पदबाट राजीनामा दिएका गौतम मुख्य मन्त्रीपछिको वरीयतामा आर्थिक मामिला मन्त्री नियुक्त हुनुभएको छ । जबेगु र सुनुवारलाई भने मुख्यमन्त्री थापाले पहिलोपटक असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुँदा पनि मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर, उहाँहरूले मन्त्रालयको जिम्मा नपाई सर्वोच्चको आदेशमा पदमुक्त हुनुपरेको थियो । पहिलोपटक सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापा २१औं दिनमा साउन ११ गते सर्वोच्च अदालतको आदेशमा पदमुक्त हुनुभएको थियो । मंगलवार तीनै सभामुख गौतमलाई राजीनामा गराएर थापा पुन: मुख्यमन्त्री बन्न सफल हुनुभयो ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुन: शुरू गर्न परमादेश दिएको थियो । प्रदेश प्रमुख खापुङले मंगलवार अपराह्न ५ बजेसम्मको समय दिएर पुन: मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनका नेताहरूले ६ प्रदेशसभा सदस्य भएको राप्रपाको समर्थनमा जुटाउने प्रयास गरेका थिए । राप्रपाले समर्थन नगरेपछि ४६ मत मात्र भएको सत्ता गठबन्धनले सभामुखलाई राजीनामा गराउने विकल्प अघि सारे । गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएपछि माओवादी केन्द्रका सांसद संख्या १३ पुग्यो । कांग्रेसका २९, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ सांसदले समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

थापाले सत्तारुढ गठबन्धनभित्र छलफल गरेर संविधानमा व्यवस्था भएअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रतिक्रिया दिनुभएको छ । विश्वासको मत पाउने सम्भावना छ त भन्ने पत्रकारहरूको प्रश्नमा मुख्यमन्त्री थापाको प्रश्न थियो– ‘गठबन्धनमा बहुमत पुगेकै छ, यसमा कुनै शंका छ र ?’

सभामुख गौतमले राजीनामा दिइसकेकाले ९३ सदस्यीय प्रदेशसभामा अहिले सत्तापक्षसँग बहमत अर्थात् ४७ मत छ ।

मुख्यमन्त्री थापालाई बहुमत पुर्याउन कठिन

मुख्यमन्त्री थापालाई विश्वासको मत लिने बेलासम्म बहुमत पुर्याउन कठिन हुने देखिएको छ । एमालेमा सत्तारुढ गठबन्धनलाई अप्ठ्यारो पार्न उपसभामुख सिर्जना दनुवारलाई राजीनामा गराउने छलफल शुरू भएको छ । मुख्यमन्त्री थापाले विश्वासको मत नपाए संविधानको धारा १६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्न सक्नुहुनेछ ।

त्यो अवस्था ल्याउन पनि एमालेले उपसभामुखलाई राजीनामा गराउने सम्भावना छ । उपसभामुखले राजीनामा दिए वा बैठकमा उपस्थित नभए ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । प्रदेशसभामा ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल हुनुहुन्छ । नेपाल समाचारपत्रमा खबर छापिएको छ ।