• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले जित्यो इमिरेट्स कपको उपाधि



एजेन्सी । इंग्लिस क्लब आर्सनलले इमिरेट्स कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा फ्रेन्च क्लब एएस मोनाकोलाई पेनाल्टीमा हराउँदै आर्सनलले उपाधि उचालेको हो ।

निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाईब्रेकरमा गएको थियो । आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको खेलको ३१ औं मिनेटमा युसुफ फोफानाले गोल गर्दै मोनाकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा एड्डी केटियाहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरी ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र नतिजा पेनाल्टीले टुंगो लगायो । पेनाल्टीमा आर्सनल ५–४ ले विजयी बन्यो । आर्सनलका मार्टिन ओडेगार्ड, जर्गिन्हो, काई हाभेट्र्ज, फावियो भिएरा र गाब्रियलले गोल गरे ।

यता मोनाकोका ओलिभेइरा सिल्भा, युसुफ फोफाना, केर्पिन डियट्टा र केभिन भोलान्डले गोल गर्दा टाकुमी मिनामिनोले पेनाल्टी मिस गरे । उनकै पेनाल्टी मिसले आर्सनलले उपाधि जित्यो । आर्सनलले अब आइतबार म्यान्चेस्टर सिटीसँग कम्युनिटी शिल्डको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।