२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्चलाइट बालेर सडकमा सुन तस्कर खोज्दै अनेरास्ववियु



अ+ अ-

काठमाडौं । नेकपा एमालेको भ्रातृ अनेरास्ववियुले सुन तस्करी काण्डका मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ ।

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएको भन्दै अनेरास्ववियुले बुधबार साँझ काठमाडौंमा टर्चलाइट जुलुस निकालेको हो ।

अनेरास्ववियुले सय किलो सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ । अनेरास्वबियूले सरकारले नै तस्करहरुको संरक्षण गरेका आरोप पनि लगाएको छ ।

प्रदर्शनमा सहभागी अनेरास्ववियुका नेता-कार्यकर्ताले सुन तस्करीका मुख्य नाइकेलाई पक्राउ गर, उच्चस्तरीय छानबिन समिति गठन गर, तस्करलाई संरक्षण गर्ने सरकार मुर्दावाद, संसद् सुचारु गर, तस्करहरु कहाँ छ सिंहदरबारभित्र छ, तस्कर कहाँ छन् पेरिसडाँडामा छन् लगायत नारा समेत लगाएका थिए ।