२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउन २१ देखि २४ सम्म कोरोनाबिरुद्धको खोप अभियानका रुपमा चलाउँदै कामपा



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ बिरुद्ध खोप अभियान चलाउने भएको छ ।

कोरोनाबिरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो । १२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोनाबिरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोवास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्नेछन् ।

जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ । बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ बिरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिनुभयो । उहाँले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताउनु भयो । उहाँले खोप प्रवद्र्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि बताउनु भयो ।

डा.गौतमले भन्नुभयो, ‘घरबाट ननिक्लेर पनि बस्यौं । पछि खोप आइसकेपछि सजिलै लगाउँदै गइसकेपछि अहिले त्यो अवस्थाबाट युटर्न भएका छौं । हामी पुरानै तरीकाले जीवनयापन गरिरहेका छौं । अहिले जतिपनि खोप पाउने अवस्था छ । तर, माग घट्दो छ । हामीले कोरोना परीक्षण पनि गर्न छोड्यौं । जस कारण कोभिड–१९ बढ्यो की घट्यो थाहा हुँदैन । अहिलेपनि काठमाडौं उपत्यकासहित अन्य स्थानमा खोप लगाउन छुट्नुभएको छ । पहिलो मात्रा र दोस्रो मात्रा अधिकांसले लगाइसक्नुभएको छ । दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसक्नुभएको छ ।

बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशतले लगाउनुभएको छ । चौथो मात्रा ६ प्रतिशतले मात्रै लिनुभएको छ । एक पटक खोप लियो र अब लिनुपर्दैन भन्ने होइन । कोभिड–१९ लाई एउटा डोज लगाएर, दुई वटा डोज लगाएर मात्रै पुग्दैन । यसमा बुस्टर डोजपनि चाहिन्छ भनेर चार मात्रा सम्मको बुस्टर डोज लगाउनुपर्ने प्रावधान सरकारले ल्याएको छ । माग भयो भने अन्य खोप पनि लिएर आउँछौँ । खोप प्रमोट गर्नका लागि केही कार्ययोजना पनि लिएर आएका छौं ।’

गोष्ठीमा कोभिड १९ बिरुद्ध प्रयोग भइरहेका खोपहरुबारे जानकारी गराइएको थियो । यस्तै, कोभिड १९ खोप योजना प्रश्तुत गरिएको थियो ।




भर्खरै