• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

साउन २१ देखि २४ सम्म कोरोनाबिरुद्धको खोप अभियानका रुपमा चलाउँदै कामपा



काठमाडौँ । काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ बिरुद्ध खोप अभियान चलाउने भएको छ ।

कोरोनाबिरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१ देखि २४ गतेसम्म खोप अभियान चलाउने भएको हो । १२ वर्ष माथिका सम्पूर्ण नागरिकलाई खोप लगाइनेछ । महानगरपालिकाका अनुसार वडा नम्बर ६, ११, १२, १४, १५,१७, १९, ३१ र ३२ नम्बर वडाभित्र खोप लगाइनेछ । यसअघि कोरोनाबिरुद्धको खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएका काठमाडौंमा बसोवास गर्ने सबैखाले नागरिकले खोप लगाउन सक्नेछन् ।

जसअन्तर्गत वडा नम्बर ११ को त्रिपुरेश्वरस्थित विश्वनिकेतन विद्यालय, वडा नम्बर १७ को वडा कार्यालय, वडा नम्बर ३१ को शहरी स्वास्थ्य क्लिनिक भीमसेनगोला, वडा नम्बर १४ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र कुलेश्वर, वडा नम्बर ६ को वडा कार्यालय, वडा नम्बर १२ को कुमुदिनी मावि टेकु, वडा नम्बर ३२ को वडा कार्यालय र वडा नम्बर १५ को सामुदायिक स्वास्थ्य सेवा स्वयम्भूमा खोप अभियान सञ्चालन गरिनेछ । बुधवार स्वास्थ्य सेवा विभागमा भएको कोभिड–१९ बिरुद्ध खोप सम्बन्धी कार्ययोजना गोष्ठीमा स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले अहिलेसम्म दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसकेको जानकारी दिनुभयो । उहाँले बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशत र चौथो मात्रा ६ प्रतिशतले लगाएको बताउनु भयो । उहाँले खोप प्रवद्र्धनका लागि अन्य कार्ययोजना बनाएर अघि बढेको पनि बताउनु भयो ।

डा.गौतमले भन्नुभयो, ‘घरबाट ननिक्लेर पनि बस्यौं । पछि खोप आइसकेपछि सजिलै लगाउँदै गइसकेपछि अहिले त्यो अवस्थाबाट युटर्न भएका छौं । हामी पुरानै तरीकाले जीवनयापन गरिरहेका छौं । अहिले जतिपनि खोप पाउने अवस्था छ । तर, माग घट्दो छ । हामीले कोरोना परीक्षण पनि गर्न छोड्यौं । जस कारण कोभिड–१९ बढ्यो की घट्यो थाहा हुँदैन । अहिलेपनि काठमाडौं उपत्यकासहित अन्य स्थानमा खोप लगाउन छुट्नुभएको छ । पहिलो मात्रा र दोस्रो मात्रा अधिकांसले लगाइसक्नुभएको छ । दोस्रो मात्रा ८८ प्रतिशतले लगाइसक्नुभएको छ ।

बुस्टर डोजको पहिलो मात्रा ४३ प्रतिशतले लगाउनुभएको छ । चौथो मात्रा ६ प्रतिशतले मात्रै लिनुभएको छ । एक पटक खोप लियो र अब लिनुपर्दैन भन्ने होइन । कोभिड–१९ लाई एउटा डोज लगाएर, दुई वटा डोज लगाएर मात्रै पुग्दैन । यसमा बुस्टर डोजपनि चाहिन्छ भनेर चार मात्रा सम्मको बुस्टर डोज लगाउनुपर्ने प्रावधान सरकारले ल्याएको छ । माग भयो भने अन्य खोप पनि लिएर आउँछौँ । खोप प्रमोट गर्नका लागि केही कार्ययोजना पनि लिएर आएका छौं ।’

गोष्ठीमा कोभिड १९ बिरुद्ध प्रयोग भइरहेका खोपहरुबारे जानकारी गराइएको थियो । यस्तै, कोभिड १९ खोप योजना प्रश्तुत गरिएको थियो ।