३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध जोरपाटीमा गुण्डागर्दीमा संलग्न ‘बाफ्ले’सहित ५ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्ध र जोरपाटीमा गुण्डागर्दी गर्ने ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार जोरपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु जोरपाटी बौद्धमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास, तर्साउने गर्नुका साथै सर्वसाधारणहरूलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका अपराधिक गतिविधिमा संलग्न रहेका थिए ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।