५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पार्टीभित्रको असहमति दबाउने शैलीले बढायो निराशा र जनआक्रोश News Polar मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य News Polar आपूर्ति प्रणालीका समस्या समाधान गर्न ‘वान डोर’ अनुगमन आवश्यकः महानिर्देशक लुइँटेल News Polar महिला भलिबलः नेपाल हङ्कङसँग पराजित News Polar अन्नपूर्ण बेस क्याम्प पुग्यो अन्नपूर्ण स्पाइकर किंग्सको ‘गौरवको यात्रा’ ट्रफी News Polar कुलेश्वरमा कवाडी गोदाममा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी News Polar बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल News Polar बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माण तीव्र, पिमलटार–जागाराम पुलको मर्मत सम्पन्न News Polar स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते News Polar भूमि प्रशासन कार्यालय तनहुँद्वारा रु ३६ करोड ४८ लाख राजस्व सङ्कलन News Polar त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन News Polar सुनसरीमा करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ

संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ
अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले तीन देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । त्यस्तै स्वीट्जरल्याण्डका लागि आवासिय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदूत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ ।

प्रश्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाएमा दुई देशबिचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताएका छन् । फ्रान्सका लागि आवासिय राजदुतका लागि प्रश्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताउनु भयो । उहाँले दुई देशबिचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरु गराउन पहल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल र फ्रान्सबिच उच्च राजनीतिक स्तरमा वार्ता, संवाद र भ्रमणको आदान–प्रदान थप बढाउनुपर्ने म आवश्यकता देख्दछु । राजनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणहरुको आदान–प्रदान गराउन संवाद र पहल गर्नेछु । सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबिच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्नेछु ।

नेपालको संघीय संसद र फ्रान्सको संसदबीच निर्माण भएका नेपाल–फ्रान्समैत्री समूहहरुलाई आपसी सम्बन्ध बिस्तार गर्न, अनुभव आदान–प्रदान गर्न, नेपालको हित प्रवद्र्धन गर्न संसदीय प्रतिनिधि मण्डलको भ्रमण आदान–प्रदानको विषयलाई प्राथमिकता दिनेछु । फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको सन्दर्भमा नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्नेछु । र नेपाल–फ्रान्सबिच जलवायु परिवर्तन, वातावरण संरक्षण, हरित विकासको क्षेत्रमा सहकार्य गर्नेतर्फ पहल गर्नेछु ।’

भट्टराईले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्ने पनि बताउनु भयो ।