• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   ओलीमाथि बालेनको आक्रोश: गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनु ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ?

संसदीय सुनुवाई समितिले गर्‍यो प्रस्तावित तीन राजदूतको सुनुवाइ



काठमाडौँ । संसदीय सुनुवाई समितिले तीन देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई गरेको छ ।

समितिको बुधवार बसेको बैठकले न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत स्थायी प्रतिनिधिमा नियुक्तिका लागि प्रस्तावित लोकबहादुर थापाको सुनुवाई गरेको हो । त्यस्तै स्वीट्जरल्याण्डका लागि आवासिय राजदूतमा प्रस्तावित रामप्रसाद सुवेदी र फ्रान्सका लागि आवासिय राजदूत सुधिर भट्टराईको पनि सुनुवाइ गरेको छ ।

प्रश्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाएमा दुई देशबिचको सम्बन्धलाई थप सुदृढ गर्न भुमिका खेल्ने बताएका छन् । फ्रान्सका लागि आवासिय राजदुतका लागि प्रश्तावित सुधिर भट्टराईले फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको भन्दै नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्ने बताउनु भयो । उहाँले दुई देशबिचमा उच्चस्तरीय राजनीतिक भ्रमणहरु गराउन पहल गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपाल र फ्रान्सबिच उच्च राजनीतिक स्तरमा वार्ता, संवाद र भ्रमणको आदान–प्रदान थप बढाउनुपर्ने म आवश्यकता देख्दछु । राजनीतिक सम्बन्धलाई थप सुदृढीकरण गर्न नेपाल र फ्रान्सबीच रहिआएको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन उच्चस्तरीय राजनीतिक भ्रमणहरुको आदान–प्रदान गराउन संवाद र पहल गर्नेछु । सम्बन्धलाई थप सुदृढ बनाउन परराष्ट्र मन्त्रालयबिच स्थापित संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्नेछु ।

नेपालको संघीय संसद र फ्रान्सको संसदबीच निर्माण भएका नेपाल–फ्रान्समैत्री समूहहरुलाई आपसी सम्बन्ध बिस्तार गर्न, अनुभव आदान–प्रदान गर्न, नेपालको हित प्रवद्र्धन गर्न संसदीय प्रतिनिधि मण्डलको भ्रमण आदान–प्रदानको विषयलाई प्राथमिकता दिनेछु । फ्रान्स युरोपेली संघको महत्वपूर्ण सदस्य भएको सन्दर्भमा नेपाल सम्बन्धी छलफलमा नेपालको पक्षमा फ्रान्सबाट लबिङ हुने अवस्था सिर्जना गर्नेछु । र नेपाल–फ्रान्सबिच जलवायु परिवर्तन, वातावरण संरक्षण, हरित विकासको क्षेत्रमा सहकार्य गर्नेतर्फ पहल गर्नेछु ।’

भट्टराईले दुई देशको परराष्ट्र मन्त्रालयबीच स्थापित भएका संयन्त्रका बैठक तथा यसका निर्णयहरुलाई समन्वय र अनुगमन गर्ने पनि बताउनु भयो ।