२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरणमा ओलीको टीप्पणी: सरकार छानबिन गर्दैछौं भन्छ, उहाँहरु आफै मुछिनुभएको छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन नगरेको बताएका छन् । वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार आफै दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका हुन् ।

‘मजदुरी गर्न विदेश गएको एक सर्वसाधारण १० वर्षपछि घर फर्किँदा आमालाई ल्याएको सिक्री एयरपोर्टबाट खोसेर लान्छ सरकार । तर दिनको क्विन्टल सुन तस्करी गराउँछ यो सरकारले ? ओलीले प्रश्न गर्दै भने, ‘कसले गराउँछ यो ? किन बसेको त त्यहाँ ? तनखा खुवाएर किन मान्छे राखेको ?’

यस्तै, अध्यक्ष ओलीले सुन तस्करीको उच्चस्तरीय छानबिन समिति बनाउँ भन्दा सरकारले नमानेको बताए । ‘किन तयार हुँदैन सरकार ? हामी छानबिन गर्दैछौ भन्छ । उहाँहरु आफै मुछिनुभएको छ । त्यो सिग्रेटमा ल्याएको साढे नौ किलो सुन जफत गरेर राखिएको थियो तर गोदामबाटै हरायो भनेर अहिले सुन्नमा आएको छ ।’ ओलीले भने ।

यस्तै, अध्यक्ष ओलीले देशभक्त र परिवर्तनकारी वामपन्थी दलविरुद्ध लाग्न राजासँग मेलमिलाप गरेको आरोप समेत लगाए । ओलीले बीपी र राजाबीचको मेलमिलाप राष्ट्रिय नभई व्यक्तिगत मात्रै भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका विरुद्ध भन्दा वामपन्थी, परिवर्तनकारी, देशभक्त शक्तिहरूका विरुद्ध ।’