• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo

कति छन् माओवादी केन्द्रको पार्टी सदस्य ?



फाईल फोटो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आफनो पार्टीको सदस्यका बारेमा केन्द्रीय समिति बैठकमा जानकारी गराएको छ । प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय समिति बैठकमा पार्टी सदस्य संख्या ७ लाख ५२ हजार ९५६ रहेको बताउनुभएको हो ।

प्रचण्डले पार्टी बैठकमा पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा माओवादीले कुन प्रदेशमा कति सदस्य छन् भन्ने विवरण समेत उल्लेख गरिएको माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यले जानकारी दिए ।

उनका अनुसार माओवादीको सबैभन्दा धेरै पार्टी सदस्य बागमतीमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, गण्डकीमा ६६ हजार ६८७, कर्णालीमा ८५ हजार ७७४ र सुदूरपश्चिममा ८० हजार ४८२ जना पार्टी सदस्य रहेको माओवादी केन्द्रको दाबी छ ।

त्यस्तै सम्पर्क कमिटीहरुमा १९ हजार ३१२, काठमाडौँ उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना रहेको सांगठनिक प्रतिवेदनमा उल्लेख छ ।