• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

अजेन्टिना र इटाली महिला विश्वकपको समूह चरणबाटै बाहिरियो



एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अर्जेन्टिना र इटाली समूह चरणबाटै बाहिरिएका छन् ।

बुधबार दिउँसो सम्पन्न खेलमा अर्जेन्टिना स्वीडेनसँग २–० गोलले तथा इटाली दक्षिण अफ्रिकासँग ३–२ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएका हुन् ।

समूह जी बाट ३ खेलमा शतप्रतिशत नतिजासहित स्वीडेन ९ अंकका साथ समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ भने दक्षिण अफ्रिका समान खेलबाट ४ अंकसहित उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

इटालीले ३ खेलमा १ जित निकालेर ३ अंक जोड्न सक्यो भने अर्जेन्टिनाले समान खेलमा १ बराबरीसहित १ अंक मात्र जोड्यो ।