• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने

माओवादी पार्टीजस्तो हुन सकेन: प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टी पार्टी जस्तो नभएकाले सुदृढीकरणको आवश्यकता रहेको बताउनुभयो ।

“हामीसँग नेता कार्यकर्ताहरूको विशाल पङ्क्ति त छ तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन। हामीले कम्युनिष्ट पार्टीको पुनर्निर्माणको अभियान यो बैठकबाट थाल्नु छ। मलाई विश्वास छ सबैले गम्भीरता र जिम्मेवारीका साथ पार्टी पुनर्निर्माणको अभियानको थालनी गर्ने विश्वास व्यक्त गर्छु”, उहाँले भन्नुभयो ।

केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रीत हुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

फोटो: प्रदीप राज वन्त