१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रजनीकान्त र तमन्नाबीच ३९ वर्षको अन्तर, फिल्म ‘जेलर’मा जोडी बन्ने



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री तमन्ना भाटिया चाँडै सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’मा देखिनेछिन् । हालै तमन्नालाई फिल्ममा उनको र सहकलाकारबीचको उमेरको अन्तरबारे प्रश्न गरिएको थियो । वास्तवमा ३३ वर्षीया तमन्नाले ७२ वर्षीय रजनीकान्तसँग फिल्ममा काम गरेकी छिन् । दुवैको उमेरमा ३९ वर्षको अन्तर छ ।

उमेरको यो अन्तरबारे तमन्नाले ६० वर्षको उमेरमा पनि डान्स नम्बर गर्न तयार हुने बताइन् । जसरी टम क्रुजले ६० वर्षको उमेरमा पनि आफै स्टन्ट गर्छन् ।

‘जेलर’को ‘तु आ दिलबरा’ गीतको लञ्च कार्यक्रममा उक्त कुराकानी भएको हो । उमेरको अन्तरमा तमन्नाले भनिन्– ‘उमेरको अन्तर जस्तो कुरामा पनि किन ध्यान दिनुहुन्छ ? तपाईंले स्क्रिनमा देखिने पात्रहरूमा मात्र ध्यान दिनुपर्छ ।’

हलिउड स्टार टम क्रुजको उदाहरण दिँदै तमन्नाले भनिन्– ‘यदि उमेरको कुरा गर्ने हो भने म भन्छु टम क्रुजलाई हेर, उनी ६० वर्षको उमेरमा पनि स्टन्ट आफै गर्छन् । कुनै पनि बडी डबल प्रयोग गर्दैनन् । मलाई ६० वर्षको उमेरमा पनि यस्तै नाच्न मन लाग्छ ।’

फिल्ममा तमन्ना भाटिया सुपरस्टार रजनीकान्तसँग कवला गीतमा नाच्दै देखिएकी छन् । रजनीकान्त र तमन्नाले गीतको हुक स्टेप सँगै गरिरहेका छन् । यस गीतमा शिल्पा राव र अनिरुद्ध रविचन्दरको आवाज रहेको छ । गीतमा अनुराज कामराजको शब्द रहेको छ । फिल्म यसै वर्ष अगस्ट १० मा रिलिज हुँदैछ ।

फिल्मका निर्देशक नेल्सन दिलीप कुमार हुन् । फिल्ममा रजनीकान्तले जेलरको भूमिका निर्वाह गरेका छन् जो मिसनमा छन् । फिल्ममा कन्नड सुपरस्टार शिव राजकुमार, रामैया कृष्णन, योगी बाबु, वसन्त रवि र विनायकन देखिनेछन् । फिल्ममा मलयालम सुपरस्टार मोहनलाल पनि विशेष भूमिकामा रहनेछन् । योसँगै फिल्ममा बलिउड अभिनेता ज्याकी श्राफ पनि देखिनेछन् ।

जेलरपछि तमन्ना ६७ वर्षीय चिरञ्जीवीसँग ‘भोला शंकर’मा देखिनेछिन् ।