• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सुरक्षाका कारण विश्वकप क्रिकेटका भारत र पाकिस्तानबीचको खेल मिति परिवर्तन



एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटमा अक्टोबर १५ मा अहमदाबादमा हुने भारत–पाकिस्तान खेलको मिति परिवर्तन भएको छ । अब यो खेल १४ अक्टोबरमा हुनेछ । समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) मिति परिवर्तन गर्न सहमत भएको छ ।

पाकिस्तान र श्रीलंकाको खेलको मिति पनि परिवर्तन भएको छ । यो खेल १२ अक्टोबरमा हुने थियो । अब यो खेल १० अक्टोबरमा हुनेछ । यो परिवर्तनका कारण पाकिस्तानले भारतसँगको खेल अघि ३ दिनको अन्तर पाउनेछ ।

एकदिवसीय विश्वकप अक्टोबर ५ देखि खेलिनेछ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जुनको अन्त्यमा यसको तालिका सार्वजनिक गरेको थियो । अन्य टोलीको केही खेलको समय पनि परिवर्तन हुन सक्छ । आईसीसीले छिट्टै नयाँ तालिका सार्वजनिक गर्नेछ ।

अक्टोबर १५ मा अहमदाबादमा हुने खेललाई लिएर सुरक्षा निकायले चिन्ता व्यक्त गरेका थिए । एजेन्सीहरूले यो मिति नवरात्रिको पहिलो दिन हुने बताएका थिए । यस्तो अवस्थामा पर्याप्त सुरक्षा व्यवस्था मिलाउन समस्या हुनसक्छ । त्यसपछि आईसीसी र बीसीसीआईले पाकिस्तान बोर्डसँग सम्पर्क गरी २ समूह खेलको मिति परिवर्तन गर्ने कुरा गरेका थिए ।