२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

चक्रवातमा परी मुम्बइमा १२७ जना बेपत्ता

चक्रवातमा परी मुम्बइमा १२७ जना बेपत्ता
अ अ+ अ-

एजेन्सी । भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराइरहेको बताइएको छ । मंगलबार ती व्यक्ति हराइरहेका बताइएको छ । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुगेको हो । त्यसमा परी कम्तीमा पनि १२७ जना व्यक्ति हराएका बताइएको छ । 

सो डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीमा जल सैनिकले १४६ जनाको सकुशल उद्धार गरेर निकालेको छ । 

सो डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका बताइएको छ । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो । 

मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले सो चक्रवात आएको थियो । त्यो चक्रवातले भारतका अरु क्षेत्रमा पनि ठूलो असर गरेको छ । भारतको गुजरातको समुद्रिक किनारनजिकै पनि यसले प्रभावित बनाएको छ । कतै यस चक्रवातका कारण पहिरो समेत गएको पनि भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।