२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मोदीसँग भारतीय राजदूतको शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबास्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री मोदीका प्रेस संयोजक वुद्ध लोप्चनले जानकारी दिनुभयो ।

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताउनुभएको थियो । मन्त्री मोदीले आवश्यक छलफल गरेर ती विषयलाई अगाडि बढाउने जवाफ दिनुभएको थियो ।

त्यसैगरी भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको थियो । रासस