२८ मंसिर २०८२, आईतवार
,
Latest
स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छ: सांसद पौडेल



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानविनका लागि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेले सो प्रकरणको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई दबाब दिइरहेका बेला उहाँले पनि सो आवश्यक्ता औंल्याउनुभएको हो । मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताउनु भयो ।

सांसद पौडेलले भन्नुभयो, ‘राज्यले यसलाई गम्भिर विषय बनाउनु पर्‍यो नि । राज्यको जुन ढंगको गम्भिरता हुनुपर्ने हो, त्यो ढंगको गम्भिरता देखिएको छैन । संसदमा छलफल हुनुपर्छ । छानबिन समिति बनाउनु पर्छ । त्यसको टेक्निकल कुरा पनि बुझेका मान्छेहरु राखेर छानविन समिति बनाउनु पर्छ । छानविन समिति निष्पक्ष हुनुपर्छ । मैले त पूर्व न्यायाधिशको नेतृत्वमा छानविन समिति बनाउने, त्यसलाई संसदले निगरानी गर्ने, सम्पूर्ण टेक्निकल पार्टलाई ख्याल गरेर यो सुन तस्करीको जुन पछिल्लो घटना आएको छ । यसको निर्मम ढंगबाट छानबिन गरिनुपर्छ ।’

सांसद पौडेललेसो प्रकरणको छानबिनको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएको आरोप समेत लगाउनु भयो ।