३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद् बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बिना निस्कर्ष सकिएको छ ।

मंगलवार अपरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो । नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रश्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनु भयो । उहाँले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायन रिक्त संवैधानिक पदहरुको बारेमा छलफल गर्नेगरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उहाँको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।