![](https://newspolar.com/wp-content/uploads/2023/08/imgonline-com-ua-twotoone-UnkeEYt2eN-scaled.jpg)
एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अमेरिका समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार दिउँसो सम्पन्न खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेलेपनि अमेरिकाले नकआउट चरणमा स्थान बनाएको हो ।
समूह ई मा रहेको अमेरिका ३ खेलबाट ५ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । यता, आजै भएको अर्को खेलमा भियतनामलाई ७–० गोलले हराउँदै नेदरल्यान्ड्स ३ खेलबाट ७ अंकका साथ समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ ।