२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यदलको बैठकः भीम रावल र शंकर पोखरेल अनुपस्थित



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको पहिलो बैठक आज बस्दैछ । 

उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् चने नेपाल पक्षबाट डा. भीम बहादुर रावल, रघुजी पन्त, घनश्याम भुषाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन् ।

पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने अडान नेपाल पक्षले राखेको छ । यसमा ओली पक्ष सहमत भैसकेको छैन । अध्यक्ष ओली र नेता नेपालले तीन दिनको समयसिमा दिएर विवाद समाधान गर्न कार्यदललाई भनेका छन् । 

कार्यदलका सदस्यहरु भीम रावल र शंकर पोखरेल आजको बैठकमा सहभागी नहुने बताइएको छ । नेपाल पक्षका नेता रावलको आँखामा समस्या भएकोले आजको बैठकमा नजाने बुझिएको छ । यता ओली पक्षका नेता पोखरेल भने कामविशेषले यतिवेला दाङमा रहेकाले उपस्थित नहुने बताइएको छ ।