२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

कोरोनाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित

कोरोनाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित
अ अ+ अ-

भजनी । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । आयोजनाको नहर निर्माण, तटबन्ध निर्माण र विद्युत् गृह निर्माणको काम प्रभावित भएको छ ।

आयोजनामा काम गर्ने केही मजदूरहरूसमेत बिरामी पर्न थालेपछि लम्किचुहा नगरपालिका क्षेत्रमा भइरहेको नहर निर्माणको काम पूर्णरुपमा प्रभावित भएको छ भने अन्य क्षेत्रको काम पनि आंशिक रूपमा मात्र भइरहेको आयोजनाका प्रमुख केदार श्रेष्ठले जानकारी दिनुभएको छ । अहिले आयोजनाको मुख्य क्षेत्रहरूमा निर्माणको कामहरूले निरन्तरता पाउन सकेको छैन । कर्णाली नदी तटबन्धको काम भइरहेको भए पनि दौलतपुर घाटमा भइरहेको तटबन्धको काम समेत प्रभावित भएको छ । कोरोना सङ्क्रमणबाट निधन भएकाको अन्तिम संस्कार दौलतपुर घाटमा हुने भएका कारण कामका लागि मजदूरहरू सो क्षेत्रमा जान डराउन थालेका छन् । आयोजनाको अन्य कामहरूलाई पनि निरन्तरता दिन समस्या भएको आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । “मजदूर बिरामी पर्न थालेपछि काम ठेकेदार कम्पनीले काम बन्द गरेको छ । कार्यालयमा काम गर्ने केही कर्मचारीमा पनि कोरोना देखिएकाले काममा जानसक्ने अवस्था छैन”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “सानातिना कामहरू भइरहेका छन् । ठूला काम प्रभावित भएका छन् । अझै कतिसम्म प्रभावित हुन्छ भन्ने पनि भन्न सकिने अवस्था छैन ।”

गत मङ्सिर १२ गते राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद वलीको नेतृत्वमा भएको आयोजनाको अनुगमनका क्रममा वैशाखभित्र आयोजनाको मुख्य नहरको उद्घाटन गर्ने र असार मसान्तसम्म विद्युत् गृहबाट विद्युत् उत्पादन गर्ने बताइएको तर केही प्राविधिक काम बाँकी रहेको भन्दै आयोजनाको मुख्य नहरको वैशाखमा उद्घाटन गर्न नसकिएको बताएको छ भने असारभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको विद्युत् गृहको काम पनि असारसम्म सम्पन्न नहुने भएको छ । “हामीले असारसम्म विद्युत् गृहको काम सम्पन्न गरी प्रवेशद्वारबाट पानी सप्लाइसम्म भए पनि गर्ने भनेका थियौँ”, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “काम अहिले पूर्ण प्रभावित भएको छ । सायद हामीले लिएको लक्ष्य पूरा हुँदैनहोला तर पनि हिम्मत हार्ने अवस्था छैन ।”

निर्माण सामग्रीमा भएको मूल्य वृद्धिले पनि काममा असर परेको छ । आयोजनाले निर्माण कम्पनीलाई निर्माण सामग्रीको आपूर्ति र काम गर्नेहरूलाई पास दिएको भए पनि मूल्य वृद्धि भएका कारण निर्माण कम्पनी महँगोमा सामग्री खरीद गरी विकासको काम अगाडि बढाउने मनस्थितिमा देखिएका छैनन् । यस्ले पनि आयोजनाको काम समयमै सम्पन्न हुने अवस्था देखिँदैन । रानी जमरा कुलरिया सिँचाइ आयोजना प्रमुख श्रेष्ठका अनुसार हालसम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । आयोजनाको दोस्रो चरणको काम आव २०८०÷८१ मा सम्पन्न गरिसक्नुपर्ने छ । त्यो अवधिका काम सम्पन नहुने आयोजनाले बताउँदै आएको छ । सामुदायिक वनमा भएको रूख कटान र मुआब्जा वितरणमा भएको ढिलाइले आयोजनाको काम पर धकेलिएको भए पनि अहिले कोरोनाका कारण आयोजनाको काम झन् प्रभावित भएको छ । “हामी योभन्दा पनि छिटो काम गर्न सक्थ्यौँ । पहिले मुआब्जा र वनको रूख कटानले हामीलाई काममा बाधा भयो ।” आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो, “अब यी समस्याहरू समाधान भई  विकासले गति लिने अवस्थामा पुनः कोरोनाका कारण विकासको काम थला परेको छ ।”

पहिलो चरणको कोरोना सङ्क्रमण फैलिँदा पनि आयोजनाको काम रोकिएको थिएन तर अहिले दोस्रो चरणको सङ्क्रमणका कारण अवस्था बिग्रँदै गएपछि आयोजनाको कामले कहिले निरन्तरता पाउने भन्ने कुनै यकिन गर्न सकिएको छैन ।