१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

आलोचित संघीयता टिकाउन कानुनको दुरुपयोग गर्दै दलहरु

आलोचित संघीयता टिकाउन कानुनको दुरुपयोग गर्दै दलहरु
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकार ढलेको पाँच दिन भयो आज नयाँ सरकारका लागि दाबी पेश गर्ने दिन । तर यसअघि एक मत नपुगेर ढलेको सरकारको त्यो मत पुर्याउने उपाय अहिलेसम्म निस्किएको छैन ।

त्यसैले दलहरुले हदैसम्मको कानुनी प्रयोगमा जाने भएका छन् । त्यो प्रयोग भनेको सभामुखलाई राजीनामा गराउने हो ।

सभामुखले राजीनामा दिने र सरकार निर्माणका लागि मत पुर्याउने अनि संविधान अनुसार ३० दिनभित्र विश्वासको मत दिने बेलामा चाहिँ के गर्ने रु यो प्रश्नको जवाफ पनि उनीहरुसँग छैन ।
कांग्रेस, एमाले र माओवादी ठूला दलको आफै बहुमत पुग्दैन । त्यसैले साना दलको टेकोले सरकार निर्माण गर्नुपर्ने हुन्छ त्यो पनि उनीहरुसँग पुगेको छैन ।

त्यसो त यसअघि पनि कांग्रेस माओवादीको सत्ता गठबन्धनले अहिलेसम्म हुदै नभएको सभामुखको मत लिएर सरकार निर्माणका लागि पेश गरेका थिए । त्यही मतबाट वर्तमान मुख्यमन्त्री कांग्रेसका उद्धव थापा बने । तर सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरिदियो । नगरोस पनि कसरी रु सरकार निर्माणका लागि सभामुखको मत दिएर दाबी पेश कुन संसदीय अभ्यासमा हुन्छ होला ?

सभामुखको मत संसदमा मतदानका क्रममा कुनै पक्ष या विपक्षमा बराबर भयो भने मात्र दिने हो । तर सरकार निर्माणकै लागि नपुगेको एक मतका लागि उनीहरुले त्यो मत प्रयोग गरे र सरकार बनाए । पछि अदालतले खारेज गरिदियो । मुख्यमन्त्रीको नियुक्ति नै अदालतले बदर गरिदियो तर पहिलेको मुख्यमन्त्रीमा जानुपर्नेमा त्यो नभएर गैर कानुनी भनिएकै मुख्यमन्त्री अझै कायम छन् ।

आज सरकार निर्माणका लागि अन्तिम दिन कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सत्तारुढ गठबन्धनले सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज बेलकी ५ बजे सकिंदैछ ।

गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्र सभामुखलाई राजीनामा गराएर दाबी पेश गर्ने तयारी गरेको हो तर यो पनि सरकार निर्माणको भरपर्दो उपाय भने होइन । किनभने विश्वासका मतका लागि कसको मत लिने भन्ने नै स्पष्ट छैन गठबन्धनसँग ।

गठबन्धनले उम्मेदवारको टुङ्गो लगाएको छैन । तर पूर्वसहमति अनुसार कांग्रेसका उद्धव थापाको नेतृत्वमा दाबी गर्ने लगभग निश्चित जस्तै छ । नेपालको वर्तमान राजनीतिक प्रणाली यदि आलोचित छ भने त्यो संघीयता अर्थात् प्रदेश सरकारका कारणले छ । कहिले गण्डकी प्रदेशले ‘दिपक मनाङे’ कार्डका कारणले त कहिले कर्णालीको कचिंगलले । अहिले यो आलोचनाको नेतृत्व कोशीले गरेको छ, जुन सरकारको निर्माणमै सिंगो देशको ध्यान केन्द्रित छ ।

अहिले नेपालमा जनमत संग्रह नै गर्ने हो भने सबैभन्दा नचाहिएको विषय प्रदेश सरकार हो । केन्द्रको संघीय र स्थानीय सरकारको काम स्पष्ट देखिएको छ तर प्रदेशको भूमिका पद र सुविधाका लागि मात्र हो अरु देखिँदैन । त्यसैले अहिले जनबोलीमा पनि प्रदेश सरकारलाई बिचको बिचौलिया सरकार भन्ने गरेका छन् ।

यो सरकारप्रति न जनताका अपेक्षा छन् र नत यसले जनताको घर दैलोमा पुगेर सेवा नै दिएको छ । तर पनि यसैलाई टिकाउन राजनीतिक दलहरु भने संसदीय अभ्यासमा कहीँ कतै नभएको अभ्यास गरेर संसदीय मान्यता र कानुनको दुरुपयोग नै गरेका छन् ।