• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद् बैठक बस्दै



फाईल फोटो

काठमाडौं । आज प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको छ । बैठक अपराह्न ४ बजेका लागि बोलाईएको हो ।

प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा आज परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाएका हुन्। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ ।

आइतबार तीन दलका शीर्ष नेताहरूबीचको छलफलपछि प्रधानमन्त्री दाहालले बैठक बोलाएका हुन्।