२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

नेपालका राजदूत कि नेताका दूत ? संकटमा देशलाई सहयोग खोई ?

नेपालका राजदूत कि नेताका दूत ? संकटमा देशलाई सहयोग खोई ?
अ अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको कहरले सीमा नाघ्दै गर्दा अस्ट्रेलियाको एनआरएमा रहेका केही सदस्यहरुले मंगलबार त्यहाँका एकजना मन्त्रीलाई भेटेर सहयोगको याचना गरेका छन् । सोमबार साँंझ नेपाली अभियन्ताहरु तथा एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, महावाणिज्यदूत दिपक खड्का, अर्थविद् कृष्ण हमाल, लक्ष्मण श्रेष्ठलगायतले अस्ट्रेलियाका एक मन्त्री डेभिड कोलम्यानलाई भेटेर सहयोगको अपील गरेका हुन् । 

अस्ट्रेलियाका पूर्व अध्यागमन मन्त्री तथा हाल प्रधानमन्त्री कार्यालयका सहायक मन्त्री डेविड कोलम्यानलाई भेटेर उनीहरुले हालको नेपालको अवस्था औँल्याउदै आवश्यक सहयोगको अपील गरेका हुन् । उनीहरुले अहिले नेपाललाई कोभिडका लागि औषधि, आवश्यक स्वास्थ्य सामाग्री र भ्याक्सीनको सहयोगका लागि अनुरोध गरेको बताएका छन् । 

अष्ट्रेलियामा नेपाली दूताबास त छ तर त्यहाँ अहिले राजदूत छैनन् । माओवादी नेता पुष्पकमल दाहालको नाता पर्ने त्यहाँ त्यहाँका राजदूतलाई सरकारले हालै फिर्ता बोलाएको छ । हालैमात्र पनि खाडीका केही देशमा रहेका नेपाली नागरिकले आफ्नो गाँस नै काटेर अक्सिजनका सिलिन्डर सहित केही स्वास्थ्य सामग्रीहरु पठाएका थिए । 

उनीहरुले आफूहरु खाडीमा कार्यरत रहेको भए पनि नेपालको अवस्था निकै नै नाजुक रहेकोले यसका लागि आवश्यक सहयोग उपलब्ध गराएको जानकारी गराउँदा यता नेपालीको मन भारी भयो । किनभने खाडीमा बस्ने नेपालीले गाँस काटेर पठाएको सहयोग सानो भए पनि मूल्य सानो थिएन । 

देश यतिखेर महामारीले आक्रान्त छ । कोरोना महामारीको चपेटमा परेको नेपालमा अहिले छिनछिनमै मानिसको मृत्युका समाचार आइरहेका छन् । यसले गर्दा नेपाली नागरिकको मन मस्तिष्क नै यतिखेर निकै कमजोर बनेको अवस्था छ । 

कोरोनाको पहिलो लहर आउँदा खासै राजधानी नदुखेकोले यहाँका नीति निर्माता र काठमाडौंमा बस्ने सरकारले त्यति तयारी गरेको थिएन । तर अहिले भने महामारीले पहिला राजधानीलाई घेरा हालेको अवस्था देखिएको छ ।  

तर पछिल्ला दुई हप्ता नेपालमा कोरोनाको संक्रमणले यसरी घेर्यो कि अहिले नेपालीले सास फेर्न पनि पाएका छैनन् । हो, अहिले देशैभरिका स्वास्थ्य संस्थाहरु तथा होम आइसोलेसनमा अक्सिजनको अभाव भइरहेको छ । मानिस अक्सिजनको अभावमा सासै फेर्न नसकेरै ज्यान फाल्न बाध्य भएका छन् । 

यस्तो अवस्थामा हामीलाई अपेक्षित रुपमा विदेशबाट सहयोग आउन सकिरहेको छैन । चीनबाट पनि सरकारले विगतका वर्षहरुमा जस्तो उल्लेख्य सहायता लिन सकिरहेको छैन । चीन त दिन तयार छ जस्तो कि खोप दिन चीन तयार हुदा पनि यहाँ नेपालका स्वास्थ्यमन्त्रीले त्यसैमा राजनीति खेलेका छन् । 

उता भारततिर कमिसन मिल्न नसकेर ल्याउन सकेका छैनन् भने यता चीनबाट ल्याउन पनि कूटनीतिक सफलता र सीप पाइएको छैन । यद्यपि, अक्सिजन सिलिन्डर, खोप र अरु स्वस्थ्य सामग्रीहरु चीनले भने अरु देशेका तुलनामा सहयोग गरिरहेकै छ । 

यहाँ यतिखेर उठाउन खोजेको प्रसंग नेपालका राजदूतहरुको हो । नेपाल सरकारले विदेशमा पठाएका राजदूतहरुको असक्षमताका कारण आज देश नराम्रोसँग चपेटामा परेको छ । यहाँसम्म कि नेपालको अवस्था निकै नै नाजुक रहेको भन्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशकले हालै जेनोभाको पत्रकार सम्मेलनबाट नेपाललाई सहायताको आग्रह गर्दा पनि नेपाललाई सहयोग गर्न विदेशीहरु त्यतिधेरै तत्पर देखिएका छैनन् । 

यो सबै नेपालको कूटनीतिक कमजोरीका कारण भएको हो । नेपालले पठाउने राजदूतहरुका कारण देशले आज यो अवस्थामा पनि सहयोग प्राप्त गर्न सकिरहेको छैन । नेपालको परराष्ट्र नीतिको बारेमा कुनै पनि ज्ञान नभएका तथा यता वडा अध्यक्षसम्म पनि तर लाउन नसकेका व्यक्तिलाई राजदूतजस्तो पद वितरण गर्दा ती व्यक्तिहरुले देशलाई अप्ठेरो परेका बेला सानो मात्र पनि कूटनैतिक सहयोग दिलाउन सक्दैनन् । 

त्यसको प्रत्यक्ष अवस्था अहिले देखिएको छ । यमनबाट नेपाली राजदूत शर्मिला पराजुलीले केही थान अक्सिजन सिलिन्डर र यता चीनबाट महेन्द्रबहादुर पाण्डेले केही स्वास्थ्य सामग्री पठाएबाहेक अन्यत्रबाट केही आउन सकेको छैन । 

देशलाई यस्तो बेलामा सहयोग भारत, अमेरिका, बेलायतजस्ता देशहरुले पनि गर्न सक्थे । तर त्यहाँसम्म आफ्नो कूटनीतिक हैसियत पुर्याउन सक्ने नेपालका राजदूत नभएकाले हाम्रो वास्तविक अवस्थाका बारेमा ती देशको ध्यानाकर्षण गराउन सकिएको छैन । 

भारतमा बृद्धभत्ता खाने उमेरका एकजना राजदूत छन्, उनी त्यहाँ पुगेदेखि नै विवादमा छन् । उनले भारतजस्तो देशमा बसेर नेपालका लागि सिन्कोसम्मा भाँच्न सकेका छैनन् । नेपाललाई सहयोगको पहुँच त के भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतमै अलपत्र परेका नेपाली नागरिकलाई पनि केही गर्दैनन्, जबजब समस्या आइलाग्छ अनि उनी मोबाइला फोन अफ गरेर बस्ने गर्दछन् । 

उता अमेरिकामा रिटायर्डमेन्ट लिएर गएका एकजना कर्मचारी युवराज खतिवडा छन् भने बेलायतमा परराष्ट्रकै कर्मचारी दुबसु क्षेत्री छन् । यी दुवै जनाको जागिरमात्र खाने कर्मचारी मानसिकता बाहेक केही छैन । उनीहरुले नेपालका लागि केही पनि गर्न नसक्ने ती देशमा रहेका नेपालीले बताउँछन् र उनीहरुप्रति नेपालीको ठूलो गुनासो रहेको छ । 

देश महामारीले थलिएको छ । विश्वका शक्तिशाली र धनी देशहरुमा नेपालका राजदूतहरु छन् । तर ती देशका राजदूत नभएर पार्टीका दूतजस्ता भएका छन् । पार्टीको सरकारका दूतजस्ता भएका छन् । देश यस्तो महामारीमा परेका बेला आफू राजदूत रहेको देशबाट सानो तिनो भए पनि देशका लागि सहयोग जुटाउँ भन्ने न तिनीहरुसँग भावना छ र नत कूटनीतिक क्षमता नै छ । 

त्यसैले यो देख्दा लाग्छ नेपाल सरकारले ती देशमा नेपालका राजदूत पठाएको होइन कि सरकारको पार्टीका र त्यो पार्टीका पनि आफ्ना निकट नेताहरुका दूतमात्र पठाएको छ । हालै नेपाल सरकारले नियुक्त गरेका राजदूतहरुको योग्यता र क्षमता हेर्दा पनि त्यस्तै लाग्छ । कतै निमावीका शिक्षक छन् भने कतै उहिल्यै सांसद भएका बृद्धबृद्धाहरु छन् । अनि कतै केके नातेदारहरु ।