५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट बोल्न दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौं । साउन १७ गते बुधबारदेखि सुरु गर्न लागिको नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी भएको छ। तीन दिनसम्म बालुवाटारमा चलेको माओवादी पदाधिकारी बैठकले बैठकको लाइभ गर्ने विषयमा सहमति जुटाएका हो।

एक वर्षपछि माओवादीको केन्द्रीय समितिको बैठक बस्न लागेको छ। बैठकमा सबै केन्द्रीय समिति सदस्यलाई बोल्नका लागि पाँचरपाँच मिनेटको समय दिइने निर्णय गरिएको छ।

सचिव डिलाराम आचार्यले भने, ‘२० वटा समूह बनाएर बैठकमा उठेका विषयमा छलफल गर्ने कुरा भएको थियो। तर, पछि सबै केन्द्रीय सदस्यलाई पाँचरपाँच मिनेटको समय दिएर आफ्नो प्रस्ताबहरू राख्ने समय दिने गरी बैठक चलाउने निर्णय भयो।’

कांग्रेसपछि माओवादीले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। ‘बैठकमा एक कुरा गर्ने र मिडिया, सामाजिक सञ्जालमा नेताहरूले अर्को कुरो बोल्ने र लेख्छन्,’ सचिव आचार्यले भने, ‘नेताहरूका पछाडि पार्टीले मान्छे पनि खटाउन सक्दैन। बाहिर बोलेका कुराले कतिपय अवस्थामा राजनीतिक जटिलता आउँछ। त्यसैले केन्द्रीय समितिको बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’

साउन १७ देखि सुरु हुने केन्द्रीय समितिको बैठक २२ गतेसम्म चल्ने छ। बैठकमा प्रस्तुत हुने राजनीतिक दस्तावेजका लागि पदाधिकारीहरूले अध्यक्ष दाहाललाई लिखित तथा मौखिक सुझाव पेस गरेका छन्।

बैठकको पहिलो दिनमै पार्टी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्तावेज प्रस्तुत गर्ने तालिका रहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, पार्टीको संगठन तथा भावी रणनीति बारे पार्टी अध्यक्ष दाहालबाट राजनीतिक दस्तावेज पेश हुने र त्यसैमा पाँच दिनसम्म छलफल गरेर निष्कर्ष निकालिने माओवादीका नेताहरूले जनाएका छन्।

माओवादी पदाधिकारी बैठकले मंसिरमा विधान अधिवेशन गने निर्णयसमेत गरेको छ। विधान अधिवेशन गर्ने एजेन्डालाई केन्द्रीय समितिको बैठकबाट पारित गराएर विधान अधिवेशनको समय तोकिने छ।

एक वर्षसम्म जिम्मेवारीविहीन रहेको केन्द्रीय सदस्यहरूलाई बैठकबाट जिम्मेवारी दिएर जिल्लामा खटाइने माओवादी केन्द्रले जनाएको छ। अन्नपूर्ण पोस्टमा राजकरण महतोले समाचार लेखेका छन् ।




भर्खरै