२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी वेव सिरिज ‘द लास्ट आवर’मा रोबिन तामाङ खलनायक



अ+ अ-

काठमाडौं । नेपाली गायक तथा कलाकार रोबिन तामाङ हिन्दी सिरिज द लास्ट आवरमा खलनायकको भूमिकामा देखा परेका छन् । 

नेपाली फिल्ममा प्रायः भिलेनको भूमिकामा निर्वाह गर्दै आएका उनको अभिनय रहेको हिन्दी वेव सिरिज ‘द लास्ट आवर’ शुक्रवारबाट ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । 

‘पे पर भ्यू’ मार्फत् अमेजन प्राइम भिडियोमा सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा देखिएका हुन् । उनलाई सिरिजको ट्रेलरमा भने स्थान दिइएको थिएन ।

आठ एपिसोड लामो यो सिरिजमा रोबिन यामानाडु नामको तान्त्रिकको भूमिकामा छन् । भारतको उत्तरपूर्वी राज्य (सिक्किम) को पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको छ । सिरिजमा भारतमा बस्ने थुप्रै नेपाली कलाकारहरुको अभिनय रहेको छ । 

सिरिजको निर्देशन अमित कुमारले गरेका हुन् । सिरिजमा सञ्जय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनलगायतको भूमिका रहेको छ ।