२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपामा भोमी अस्पताल सञ्चालनमा, कोभिड अस्पतालका रुपमा सेवा दिने



अ+ अ-

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनगालस्थित भोमी अस्पताललाई कोभिड समर्पित (डेडिकेटेड) अस्पताल बनाइएको छ ।

नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंहवादे श्रेष्ठले उक्त अस्पतालको कोभिड उपचार सेवाको उद्घाटन गर्नुभएको छ । नगरपालिकाको स्वीकृतिमा सञ्चालित १५ शय्याको सो अस्पतालसँग सम्झौता गरी कोभिडबाट सङ्क्रमित बिरामीको उपचारको लागि व्यवस्था मिलाएको छ ।

नगरपालिकाले चार शय्याको आईसीयू र छ शय्याको अक्सिजन सुविधासहित गरी दश शय्या नगरपालिकालाई कोभिड बिरामी उपचारको लागि जिम्मा दिनुपर्ने सम्झौता गरेको छ ।

अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले जिल्लामा विरामीको उपचारमा थप सहजता प्रदान गर्नको लागि बनेपामा नै अस्पताल सञ्चालन गरिएको बताउनुभयो।

अस्पताल बहुआयामीक सेवाहरु प्रदान गर्ने हेतुले निर्माण गरिएको यद्धपी अहिले कोभिडको महामारीमा समुदाय र राष्ट्रको स्वास्थका मुद्धाहरु सम्वोधन गर्न अस्पताल दत्तचित्त भएर लाग्ने बताइएको छ । 

अब बनेपा आसपासका मान्छेहरु र सिन्धुली बनेपा सडकखण्डमा भएका दुर्घटनाका केसहरुले सुविधासम्पन्न अस्पताल र जीवनरक्षार्थ चाहिने सेवाहरुका लागि काठमाण्डौ धाउने दिनको अन्त भएको प्रवन्ध निर्देशक सगुन कायस्थले बताउनुभयो ।