१० मंसिर २०८१, सोमबार
,
Latest
आईपीएल मेगा अक्सनः केन विलियम्सन अनसोल्ड शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड दृष्टिविहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तान पराजित चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई उच्च अदालतको अल्पकालीन आदेश, जरिवाना लिने निर्णय तत्काल कार्यान्वयन नगर्नु



अ+ अ-

काठमाडौं। उच्च अदालत पाटनले निर्वाचन खर्च विवरण सार्वजनिक नगरेको नाममा प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारलाई जरिवाना नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सोमबार न्यायाधीश ऋषिराम दवाडीको इजलासले उम्मेदवारलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

निर्वाचन आयोगले तोकेकै समयमा खर्च विवरण सार्वजनिक गर्दापनि १५ हजार जरिवाना तोकिएको भन्दै रास्वपाका सांसदहरु विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली र शिशिर खनाल आयोगको निर्णय खारेजीको मागसहित उच्च अदालत पुगेका थिए ।

रास्वापा सांसदले दायर गरेको उक्त रिटमाथि सोमबार उच्च अदालतले यो विषयमा अन्तरिम आदेश दिन दुबै पक्षसँग छलफल गर्नुपर्ने भन्दै साउन २२ गते दुबै पक्षलाई बोलाएको छ ।

आयोगले समयमै निर्वाचन खर्च नबुझाएको भन्दै गत शुक्रबार प्रतिनिधि सभाका ४ मन्त्री १८ सांसदसहित २ हजार ४ सय भन्दा धेरै उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।