२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकाएक फेरि बढ्यो जसपाभित्र विवादः महन्थको पत्रलाई उपेन्द्रले दिए काउन्टर



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गरेकै दिन जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको सूचना संसद सचिवालयमा पुगेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको हो । जसमा महतो दलको नेता निर्वाचित भएको उल्लेख गरिएको छ । त्यसको केहीबेरमै उपेन्द्रले काउन्टरपत्र पठाएका छन् । उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको जिकिर गरेका छन् ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका हुन् । यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन समेत भनेका छन् ।