२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज थप ८२०३ जनामा कोरोना संक्रमण, १९६ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप ८२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो । 

यस्तै मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६ रहेको छ । 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा २० हजार २८६ पिसिआर र ६९३ एन्टिजेन परीक्षण गरिएको थियो । थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।  

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९१ संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । कोरोनाबाट नेपालमा हालसम्म ५ हजार ४११ जनाको निधन भएको छ ।