२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

आन्तरिक मामिलामन्त्रीका संयोजकत्वमा अक्सिजन अनुगमन समिति

आन्तरिक मामिलामन्त्रीका संयोजकत्वमा अक्सिजन अनुगमन समिति
अ अ+ अ-

धनुषा । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा सबैभन्दा महत्वपूर्ण रहेको अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवका नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।  प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको आजको बैठकले पछिल्लो समय प्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतका अध्यक्षतामा सम्पन्न पिसिसिएमसीको बैठकले कोरोना संक्रमितको उपचार भइरहेको प्रदेशका सरकारी तथा निजी अस्पतालको अनुगमनका लागि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहका अध्यक्षतामा विज्ञ समूह गठनसमेत गरेको छ । 

‘निषेधाज्ञा’मा अभ्यस्त बन्दै जनकपुरधाम
कोरोना भाइरस महामारीको दोस्रो लहरले निम्त्याएको विपत्तिको रोकथाम र नियन्त्रणका लागि चौतर्फी सतर्कताका लागि स्थानीय प्रशासन÷सरकारले जारी गरेको ‘निषेधाज्ञा’मा जनकपुरधामवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । गत वैशाख २१ गते जारी निषेधाज्ञाका शुरुमा स्थानीयवासी त्यति वास्ता नगरे पनि अहिले केही  दिनयताका निकै प्रयासबीच  अभ्यस्त हुँदै गएका हुन् ।

जनकपुरधामका मुख्य भानु चोक, शिव चोक, विद्यापति चोक, पिंडारी चोक, रमानन्द चोक, जनक चोक, जानकी चोकलगायत क्षेत्र ठप्प रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले भन्नुभयो ।

‘पूरै तयारीका साथ सबैतिर प्रहरी परिचालन गरिएको छ’, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भन्नुभयोे, ‘अटेरी गर्नेलाई थुन्ने आदेश भएकाले सोहीबमोजिम गरिनेछ ।’ 

ग्रामीण क्षेत्रमा छैन प्रभाव
 ग्रामीण क्षेत्रमा भने त्यसको प्रभाव खासै परेको छैन । शहर बजार पूर्ण रुपमा निषेधाज्ञा भइरहँदा गाउँघर भने सामान्य अवस्थामा नै  छन् ।

वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान रामजीवन यादवले भन्नुभयो, ‘दैनिकजसो खेतबारीमै व्यस्त हुने भएकाले कोरोना भाइरसबारे सोच्ने फुर्सद कहाँ छ र हामीलाई रु उहाँले गाईवस्तु स्याहार सुसार गर्ने, दुध दुहने, बारी तयार गर्ने, घाँस काट्ने काममा आफूहरु व्यस्त रहेको बताउनुभयो ।

अझै पनि महिलाहरु समूह बनाएर कृषि कर्ममा लागिरहेका छन् । ग्रामीण महिला गाईभैंसी स्याहार्ने, घाँस काट्ने, दूध दुहुने, तरकारी बेच्ने, खेतबारी तयारी गर्ने जस्ता काममा व्यस्त छन् । क्षीरेश्वरनाथ नगरपालिका वडा नं ८ का शिक्षक रामप्रीत यादवले भन्नुभयो, ‘गाउँमा लकडाउनको कुनै प्रभाव छैन, अलि जान्ने बुझ्नेहरु सचेत देखिन्छन्, बाँकीलाई कुनै मतलब नै छैन, गर्मी शुरु भएका कारण एक ठाउँमा भेला हुने, गफ गर्ने, तास खेल्ने दिनचर्या नियमित नै छ ।’

धनुषा जिल्ला समन्वय समितिका सभापति रामदेव यादव बनरैतले पनि लकडाउनको प्रभाव गाउँघरमा नदेखिएको बताउनुभयो । ‘मान्छेहरु बेवास्ता गरेर हिँडिरहेका छन्, कसैको सल्लाहसुझाव मानिरहेका छैनन्,’ उहाँले भन्नुभयो, ‘शुरुमा गाउँघरका मान्छे पनि अलिअलि डराएका थिए तर अहिले बेवास्ता गरिएको छ ।’

मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतोले  गाउँघरमा गाईवस्तु चराउनेदेखि लिएर  अहिले नगदे बाली भित्र्याउने समय भएका कारणले पनि  अलि बढी चलायमान देखिएको स्पष्ट गर्नुभयो ।