४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

निकोलस पूरनको ५५ बलमा १३७ रनको इनिङ्सले न्यूयोर्क बन्यो च्याम्पियन

निकोलस पूरनको ५५ बलमा १३७ रनको इनिङ्सले न्यूयोर्क बन्यो च्याम्पियन
अ+ अ-

एजेन्सी । एमआई न्यूयोर्कले अमेरिकाको मेजर लिग टी–२० को पहिलो उपाधि जितेको छ । फाइनलमा सिएटल ओर्कासलाई ७ विकेटले पराजित गर्दै टोलीले पहिलो उपाधि जितेको हो ।

एमआईका कप्तान निकोलस पूरनले १६ बलमा अर्धशतक बनाएपछि ४० बलमा शतक बनाए । पुरनले १३७ रन बनाएर नटआउट रहे र आफ्नो टिमलाई च्याम्पियन बनाए । उनले १० चौका र १३ छक्का प्रहार गरे ।

डलासको ग्रान्ड पियर स्टेडियममा टस हारेर ब्याटिङ रोजेको ओर्कासले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा एमआईले कप्तान पूरनको विस्फोटक इनिङ्सको आधारमा १६ ओभरमा खेल जित्यो ।

ओर्कासलाई ५ औं ओभरमा नै पहिलो झट्का लागेको थियो । ओपनर नुमान अनवर ९ रन बनाएर आउट भए । उनीपछि सेहान जयसूर्या १६ र हेनरिक क्लासेन पनि ४ रन बनाएर आउट भए ।

एकतर्फ लगातार विकेट खसिरहेको थियो तर अर्कोतर्फबाट क्विन्टन डी ककले छिटो रन बनाएर आफ्नो अर्धशतक पूरा गरे । उनी १७ औं ओभरमा ५२ बलमा ८७ रन बनाएर आउट भए तर त्यतिन्जेल उनको टोलीको स्कोर १४० रन पुगेको थियो ।

डिकक आउट भएपछि ओर्कासको टोलीबाट शुभम रञ्जनले २९, इमाद वासिमले ७ र ड्वेन प्रिटोरियसले २१ रन बनाए । वेन पार्नेल २, एन्ड्रयु टाई र हरमित सिंहले १–१ रन मात्र बनाउन सके र टिमले २० ओभरमा ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

एमआईका रासिद खानले ९ रन खर्चेर ३ विकेट लिए । त्यस्तै फास्ट बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनीहरु बाहेक स्टिभन टेलर र डेभिड भिजेले पनि एक–एक विकेट लिए भने एक ब्याट्सम्यान रनआउट भए । भिजेले आफ्नो ४ ओभरमा ६५ रन दिए ।

डेवाल्ड ब्रुइस १३ औं ओभरमा २० रन बनाएर रनआउट भए । कप्तान पूरन अझै रोकिएनन् र ४० बलमा शतक बनाए । पूरनले १६ औं ओभरमा आफ्नो टोलीलाई ७ विकेटले जिताए । उनले क्यामरन ग्याननको बलमा फाइन लेगतर्फ विजयी चौका प्रहार गरे । पुरनले ५५ बलमा १३७ रन बनाए भने टिम डेभिड १० रन बनाएर नटआउट रहे । ओर्कासका इमाद वासिम र वेन पार्नेलले १–१ विकेट लिए ।

मेजर लिग टी–२० प्रतियोगिता पहिलो पटक अमेरिकामा खेलिएको हो । एमआई न्युयोर्क पहिलो च्याम्पियन बन्यो भने टिमका कप्तान निकोलस पूरन सर्वाधिक स्कोरर बने । उनले ८ खेलमा ३८८ रन बनाए । एमआईका ट्रेन्ट बोल्ट सर्वाधिक विकेट लिने बलर बने । उनले ८ खेलमा २२ विकेट लिए ।