• २९ जेष्ठ २०८१, मंगलवार
  •      Tue Jun 11 2024
  •   Unicode
Logo
Latest
★   सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छ: काँग्रेस सांसद पौडेल ★   मध्य तथा पश्चिमी तराईमा तीन दिनसम्म तातो हावाको लहरको चेतावनी ★   सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छ: डा. तोसिमा कार्की ★   गण्डकी प्रदेश: फणीन्द्र र राजीव मन्त्री नियुक्त ★   आईसीसीले नेपालको स्क्वाडमा राख्यो सन्दीपको नाम ★   बेवारिसे यातायातका साधनहरुको तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छ: सांसद गैरे ★   निजी गुठीमा धनी श्रीरामचन्द्र मन्दिरसँगै छैन जग्गाको अभिलेख ★   यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ ★   प्रधानमन्त्रीको भारत भ्रमणबारे सदनलाई जानकारी गराउन एमाले सांसदको माग ★   नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ पुस्तक सार्वजनिक

नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र सूचना प्रविधि बन्नसक्छ: गभर्नर अधिकारी



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताउनुभएको छ ।

सोमवार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा पछिल्लो समय इकमर्स,डिजिटल कारोबार वृद्धि हुँदै गएको बताउनु भयो। उहाँले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिनसके ठूलो लाभ लिनसक्ने सम्भावना रहेको बताउनु भयो। उहाँले नेपालमा फिनटेक कम्पनी,अनलाइन व्यापार,कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा बिस्तार भइरहेको बताउनु भयो।

उहाँले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिनेगरी योजना बनाएर काम गरिरहेको बताउनु भयो। उहाँले मुलुकको जिडिपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्‍याएको बताउनु भयो । उहाँले नेपालका लागि रोजगारी सिर्जनाको विषयमात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रुपमा विकास हुने सम्भावना देखिएको बताउनु भयो।

गभर्नर अधिकारीले नेपाल सरकार आफैँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर आन्तरिक बजार लक्षित गतिविधि पनि बढ्दै बताउनु भयो। उहाँले नेपाल राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनु भयो।