• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न– देश ठूलो कि जीबी राई ?



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले अपेक्षित काम गर्न नसकेको बताएका छन् ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक शाहीले यस्तो बताएका हुन् ।

पुराना दलहरूले काम गर्न सकेनन् भनेर निर्वाचित भएर आएका गृहमन्त्री लामिछानेले काम गर्न नसक्दा जनता निराश भएको उनले बताए । थन्किएर बसेका ठूला भाईलहरु खनेल्नुपर्ने बताउदै उनले भने, “यो संसद्‌‌मा हामी सुन्न आतुर छौँ गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ? मेलम्ची, वाइडबडी कहिले ?”

जीबी राईलाई खोजेर ल्याउँछु भन्ने गृहमन्त्री चुपचाप लागेको भन्दै उनले भने, “आकाशमा भएपनि, पातालमा भएपनि खोजेर जीबी राई ल्याउँछु भन्ने गृहमन्त्री किन चुपचाप? आज दिनमा देश ठूलो कि जीबी राई ठूलो हो ?” ।