३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसवादी पार्टीलाई विदेशी शक्तिले बनाइदिएका हुन्– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिले मधेसवादी पार्टी बनाइदिएको बताउनुभएको छ । रुपन्देहीको सम्मरी गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले अब मधेस माओवादीमय बन्ने बताउनुभयो । 

उहाँले मधेसमा माओवादीलाई स्थापित हुन नदिन शान्तिप्रक्रिया लगत्तै भयानक हत्याकाण्ड मच्चाइएको स्मरण गर्नुभयो । उहाँले रुपन्देही र कपिलवस्तुमा मच्चाइएको हत्याकाण्डपछि नै मधेसवादी पार्टीलाई जन्माइएको बताउनुभयो । 

मधेसी जनताको अधिकार स्थापित गर्न माओवादी पार्टीले अभियान सुरु गरेको बेला त्यसलाई रोक्न निकै षड्यन्त्र भएको उहाँको भनाइ थियो । उहाँले मधेसमा माओवादी हावी हुने डरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाटै मधेसका केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइएको र त्यही क्रममा विदेशी शक्तिले मधेसवादी पार्टी बनाइदिएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले आफूलाई मधेसका मसिहा भन्नेहरुले केपी ओलीसँग साँठगाँठ गरे पनि अब मधेस प्रदेश र लुम्बिनी प्रदेश माओवादीमय हुने बताउनुभयो ।