• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सुन प्रकरण छिनोफानो नभएसम्म सदन चल्न नदिने एमाले अध्यक्ष ओलीको अडान



फाईल फोटो

काठमाडौँ । नेकपा (एमाले) ले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने अडान राखेको छ । प्रतिनिधिसभाको आज बस्ने बैठक पनि एमालेको उक्त अडानका कारण अवरोध हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणबारे स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने कुरा राख्दा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आएन र समिति गठनका लागि पनि आनाकानी गर्नुभएको थियो ।

प्रमुख सचेतक गिरीले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताउनुभयो । एमलेले विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि यसमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आएको छ । गृहमन्त्रीले राजीनामा नदिएसम्म एमालेले सदन चल्न नदिने अडान राखेको छ ।