१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन प्रकरण छिनोफानो नभएसम्म सदन चल्न नदिने एमाले अध्यक्ष ओलीको अडान



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नदिने अडान राखेको छ । प्रतिनिधिसभाको आज बस्ने बैठक पनि एमालेको उक्त अडानका कारण अवरोध हुने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणबारे स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने कुरा राख्दा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आएन र समिति गठनका लागि पनि आनाकानी गर्नुभएको थियो ।

प्रमुख सचेतक गिरीले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताउनुभयो । एमलेले विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि यसमा गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आएको छ । गृहमन्त्रीले राजीनामा नदिएसम्म एमालेले सदन चल्न नदिने अडान राखेको छ ।