६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसवादी पार्टीलाई विदेशी शक्तिले बनाइदिएका हुन्– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशी शक्तिले मधेसवादी पार्टी बनाइदिएको बताउनुभएको छ । रुपन्देहीको सम्मरी गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्लालगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले अब मधेस माओवादीमय बन्ने बताउनुभयो । 

उहाँले मधेसमा माओवादीलाई स्थापित हुन नदिन शान्तिप्रक्रिया लगत्तै भयानक हत्याकाण्ड मच्चाइएको स्मरण गर्नुभयो । उहाँले रुपन्देही र कपिलवस्तुमा मच्चाइएको हत्याकाण्डपछि नै मधेसवादी पार्टीलाई जन्माइएको बताउनुभयो । 

मधेसी जनताको अधिकार स्थापित गर्न माओवादी पार्टीले अभियान सुरु गरेको बेला त्यसलाई रोक्न निकै षड्यन्त्र भएको उहाँको भनाइ थियो । उहाँले मधेसमा माओवादी हावी हुने डरले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाटै मधेसका केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइएको र त्यही क्रममा विदेशी शक्तिले मधेसवादी पार्टी बनाइदिएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले आफूलाई मधेसका मसिहा भन्नेहरुले केपी ओलीसँग साँठगाँठ गरे पनि अब मधेस प्रदेश र लुम्बिनी प्रदेश माओवादीमय हुने बताउनुभयो ।