• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   नेपालको इतिहासमै सबैभन्दा ठूलो राजनीतिक अपराधीकरण अहिले भएको छ: पूर्वसभामुख ढुंगाना ★   प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान आवश्यक भइसक्यो: उपाध्यक्ष भुसाल ★   स्वयम्भूको बुद्ध जयन्ती मेला काठमाडौँ महानगरले व्यवस्थित गर्ने ★   आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने ★   पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला ★   नेपालमा युरोपेली लगानी भित्र्याउन सङ्घले सघाउने ★   तोलामा दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ ★   कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा ★   रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतले संसदमा बोल्न दिने कांग्रेसको निर्णय

हवाई टिकटमा तत्काल भ्याट नलगाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले दायर गरेको रिटमा सर्वोच्चले आज उक्त आदेश दिएको हो ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन आदेश जारी गर्दै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ ।

नाट्टा उत्प्रेषण मिश्रित परमादेशको माग गर्दै गत साउन ११ गते सर्वोच्च अदालत पुगेको थियो । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गर्नुभएको थियो ।

पर्यटन व्यवसायीले भने हवाई टिकटमा लगाइएको भ्याट व्यवसाय मैत्री नभएको, पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने, हचुवाका भरमा भ्याट लागू गर्दा नेपालका ट्राभल कम्पनी र यात्रुलाई समस्या हुने भन्दै विरोध गर्दै आएका थिए । रासस