२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको तीन सहरमा नेपथ्य



अ+ अ-

काठमाडौं । श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्नका लागि लोकरक ब्याण्ड नेपथ्य जापानतर्फ प्रस्थान गर्नेभएको छ । यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफुलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यसै अगस्त महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ । त्यसैगरि ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो । अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैँमा नेपथ्यका लागि कोशेढुँगा थियो ।

‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसंग जोडिएका मिठा यादहरुमध्ये केही बर्ष अघि टोक्यो डोममा हामीले पाएको भब्य माया को अनुभूति पनि हाम्रो लागि अविष्मरणीय रहेको छ ।’


आफुहरु जुनसुकै परिस्थिती र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दैआएको अमृत सुनाउँछन् ।

लामो समयदेखि नेपाली तन्नेरीहरुका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तब्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ । यसरी आफुसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरुले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरुलाई मनपराउँदै आएका छन् ।

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउनेगरि झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो । कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो । त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो ।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतीहरुलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाको रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य जापान शृंखला पनि त्यही नारा अन्तर्गत अगाडी बढ्ने छ ।

आफुहरुले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी सहरमा श्रृंखलावद्ध कन्सर्ट आयोजना गर्नलागेको यो पहिलोपटक भएको नेपालयले बताएको छ । ‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरुको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने छ जना कलाकारका अलावा आठ जना थप सदस्य सहितको हाम्रो ठूलो टोली जापान पुग्दैछ ।’

जापानमा श्रृंखलावद्ध नेपथ्य कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको छ र यसका लागि बिस्तृत जानकारी नेपथ्य वेबसाईटको यो लिंक https://nepathya.com.np बाट प्राप्त गर्न सकिन्छ ।

नेपालयले स्थानीय आयोजकको सहकार्यमा कार्यक्रम आयोजनाको लागि प्रतिष्ठित हलको छनौट गर्नुका साथै, टिकटको बिक्रि व्यवथापनको लागि अनलाइन माध्यममा जोड दिंदै आएको छ । ‘जापानमा पनि अग्रिम अनलाइन बिक्रिको संख्याले हामी सन्तुष्ट छौँ ‘, नेपालयका किरण थप्छन् ।

सधैझैँ जापानमा पनि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन् ।




भर्खरै