१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उहाँका बुबा झविरामले बताउनुभयो । सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

विगत ढाई वर्षदेखि रोजगारीको लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मीरा दमासेले बताउनुभयो । उहाँको अवस्थाको बारेमा विगत तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । रासस