२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनादेखि बेपत्ता युवक खोजीदिन आग्रह



अ+ अ-

अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन् ।

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उहाँका बुबा झविरामले बताउनुभयो । सम्पर्कविहीन भएका छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

विगत ढाई वर्षदेखि रोजगारीको लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्दै आएको श्रीमती मीरा दमासेले बताउनुभयो । उहाँको अवस्थाको बारेमा विगत तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उहाँले आग्रह गर्नुभयो । रासस