१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी

बेलायती वैज्ञानिकले बनाए ‘नक्कली सूर्य’

बेलायती वैज्ञानिकले बनाए ‘नक्कली सूर्य’
अ अ+ अ-

लण्डन । बेलायती वैज्ञानिकले ‘नक्कली सूर्य’ बनाउने दिशामा ठूलो उपलब्धि हासिल गरेका छन् । बेलायती वैज्ञानिकहरूले सूर्यको प्रविधिमा आणविक फ्यूजन गर्ने रिएक्टर बनाउन सफल भएका छन्, जसले ठूलो ऊर्जा निकाल्छ।

अक्सफोर्ड युनिभर्सिटी नजिकै गरिएको प्रयोगका क्रममा यस रिएक्टरबाट ५९ मेगाजुल ऊर्जा निस्क्यो । यो विश्वमै कीर्तिमान हो । यो मात्रामा ऊर्जा उत्पादन गर्न १४ किलो टीएनटी प्रयोग गर्नुपर्छ।

यो भव्य परियोजनालाई ऋगजिबm मा संयुक्त यूरोपीयन टोरसले कुल्हाममा कार्यान्वयन गरेको छ। वैज्ञानिकहरुको यो उपलब्धिलाई कोसेढुङ्गाको रुपमा लिइएको छ ।

यो प्रविधिको सहयोगले ताराहरुको ऊर्जाको दोहन गरी पृथ्वीमा सस्तो र स्वच्छ ऊर्जा प्राप्त गर्ने बाटो खुलेको छ ।

प्रयोगशालाले ५९ मेगाजुल ऊर्जा उत्पादन गरेर सन् १९९७ मा बनाएको आफ्नै कीर्तिमान तोडेको छ । बेलायतको परमाणु ऊर्जा प्राधिकरणले बुधबार यो सफल परीक्षणको घोषणा गरेको हो ।

एजेन्सीले डिसेम्बर २१ मा आएका नतिजाहरू आणविक फ्युजनको प्रविधिमा आधारित ऊर्जाको सुरक्षित र दिगो आपूर्तिका लागि विश्वको सम्भावनाको प्रदर्शन भएको बताएको छ।

बेलायतका विज्ञानमन्त्री जर्ज फ्रिम्यानले यो नतिजाको प्रशंसा गर्दै यसलाई कोसेढुङ्गा भनेका छन् । उनले भने, “बेलायतमा महत्वपूर्ण अनुसन्धान र आविष्कारहरू प्रवर्द्धन गरिएको छ भन्ने यी प्रमाण हुन् । साथै युरोपेली साझेदारहरूको सहयोगमा आणविक फ्युजन–आधारित ऊर्जालाई वास्तविक रुप दिइएको छ ।”

आणविक फ्युजन प्रविधिले उही प्रविधि प्रयोग गर्दछ जुन सूर्यले ताप उत्पन्न गर्न प्रयोग गर्दछ। भविष्यमा मानवजातिले प्रचुर मात्रामा सुरक्षित र स्वच्छ उर्जाको स्रोत पाउने र जलवायु परिवर्तनको समस्याबाट मुक्ति पाउने विश्वास गरिएको छ ।

आणविक फ्युजनमा केन्द्रित बेलायती प्रयोगशालामा वर्षौंको प्रयोगपछि यो सफलता आएको हो। यस प्रयोगशालामा टोकामाक नामको डोनट आकारको मेसिन जडान गरिएको छ ।

जेइटी प्रयोगशालामा जडान गरिएको टोकामाक मेसिन संसारको सबैभन्दा ठूलो र शक्तिशाली हो। यो मेसिनभित्र अत्यन्त थोरै मात्रामा ड्युटेरियम र ट्रिटियम भरिएको थियो।

यी दुबै हाइड्रोजनका आइसोटोप हुन् र ड्युटेरियमलाई भारी हाइड्रोजन भनिन्छ। यसलाई प्लाज्मा बनाउन सूर्यको केन्द्रभन्दा १० गुणा बढी तताइएको थियो।  

यसलाई सुपरकन्डक्टर इलेक्ट्रोम्याग्नेट प्रयोग गरेर एक ठाउँमा राखिएको थियो। यसलाई घुमाउँदा अपार मात्रामा ऊर्जा निक्लिएको थियो । 

न्यूक्लियर फ्युजनबाट उत्पादित ऊर्जा सुरक्षित छ । यसले एक किलोग्राम कोइला, तेल वा ग्याँसबाट उत्पादित ऊर्जाभन्दा ४० लाख गुणा बढी ऊर्जा उत्पादन गर्छ। एजेन्सी