५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वभर एक सेकेन्डमा के-के हुन्छ ?



अ+ अ-

एजेन्सी । समयको महत्व हरेक व्यक्तिलाई हुन्छ । तर, हामीले १ सेकेन्डलाई वास्ता गर्दैनौँ । भन्ने गरिन्छ ‘जम्मा एक सेकेन्ड है’ भनेर । एक सेकेन्डलाई सामान्य ठान्ने हाम्रो बानी छ । 

एक सेकेन्डमा विश्वमा के–कस्तो घटना घट्छ त्यसबारे चर्चा गरौँः

– पृथ्वी अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० किलोमिटर पर सर्नेछ । 

– एक सेकेन्डमा दुई व्यक्तिको मृत्यु भइसक्छ । 

– एक सेकेन्डमा १४०० व्यक्तिले यौनसम्पर्क गर्दै हुनेछन् ।

– अर्को एक सेकेन्डमा २ जना व्यक्ति बिहे गर्नेछन् । 

– एक सेकेन्डमा तपाईको शरीरका १६ लाख कोशीका मर्नेछन् । 

– विश्वभरमा एक सेकेन्डमा ९२६ रुख काटिनेछन् । 

– एक सेकेन्डमा २०० किलो फोहोर समुद्रमा बगाइन्छ । 

– अर्को एक सेकेन्डमा अन्तरिक्षमा ३० सुपरनोभा विस्फोट हुनेछ । 

– एक सेकेन्डमा पृथ्वीमा ४ बच्चाले जन्म लिन्छन् ।